२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो

अ+ अ-

गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ ।

उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो ।

अनुकूल बासस्थान र आहाराको कमीका कारण यस क्षेत्रबाट बसाइ सरेर गएका पंक्षी र जङ्गली जनावर पनि अहिले यहाँका जङ्गलमा देखिन थालेका स्थानीयले बताएका छन् ।

“समुदायलाई वन हस्तान्तरण गरिएपछि जङ्गलको संरक्षण राम्रोसँग भएको छ” अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमबहादुर फगामीले भने । जङ्गलको संरक्षण भएसँगै जङ्गली जनावरको लागि चाहिने उचित बासस्थान र आहाराको कमी नहुँदा बसाइ सरेर गएका पंक्षी तथा वन्यजन्तु पनि यहाँका जङ्गलमा फर्किएका छन् ।

अन्नपूर्ण चक्रिय पदमार्ग वरपरका राम्चे, हिस्तान, घार, शिख, नारच्याङ, दाना, भूरुङ तातोपानी र दोवाका जङ्गलमा हाब्रे, भालु, बाघ, रेडपाण्डा, मृग, चिबे, कालिज, जुरेलो, तित्रो लगायतका जङ्गली जनावर र पक्षी प्रशस्त मात्रामा देखिने गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिए ।

फगामीका अनुसार यस क्षेत्रका जङ्गलमा लोपोन्मुख अवस्थामा रहेका रातो हाब्रे (रेडपाण्डा) पनि प्रशस्त मात्रामा देखिएका छन् । रेडपाण्डा लगायतका लोपोन्मुख अवस्थामा रहेका जङ्गली जनावर तथा पक्षीको संरक्षणका लागि गाउँपालिकाले विशेष व्यवस्था गर्न लागेको पनि अध्यक्ष फगामीले बताए ।

त्यसैगरी पश्चिमी म्याग्दीका जङ्गलमा पनि लोपोन्मुख रेडपाण्डा लगायतका जङ्गली जनावर देखिने थालेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । अध्यक्ष रोकाका अनुसार गाउँपालिकाको रुम, बिम र ओखरबोटका जङ्गलमा केही समययता पहिला कहिल्यै नदेखिएका जङ्गली जनावर र पक्षी पनि देखिएका छन् ।

उता जङ्गली जनावरको वृद्धि भएसँगै स्थानीयले सास्ती पनि खेप्नुपरेको अन्नपूर्ण १ दोवाका मनप्रसाद गर्वुजाले बताए । जङ्गली जनावरले खेतवारीमा लगाएका बालीनाली र घर गोठमा पालेका पशुपक्षीलाई क्षति पुराउन थालेपछि स्थानीयले हैरानी व्यहोर्नुपरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस