२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

अ+ अ-

बेरुत । इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् ।

सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घण्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चार जना सिरियाली सैनिक सहित सरकार समर्थित २७ जना लडाकूको हत्या भएको जनाएको छ ।

सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आइएस लडाकूले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले आइएसका अखडाहरु ध्वस्त भएको घोषणा गरिएपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको बताएका छन् ।

अब्जरभेटरीका अनुसार भिडन्तमा आइएसका ६ जना लडाकूको समेत मृत्यु भएको छ ।

विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा शहरहुँदै इराकी सीमा नजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ । यो क्षेत्रमा पछिल्लो समय आइएसले आश्रयस्थल बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस