५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरनेशनल करातेका लागि मिसन गोजुरियो भारत प्रस्थान

अ+ अ-

काठमाडौं । भारतमा हुने इन्टरनेशनल कराते एण्ड किक बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै जापान गोजुरियो कराते डो मिसन सङ्घको राष्ट्रिय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

पटनाको पाटलीपुत्र स्पोट्र्स कम्पेलेक्समा यही वैशाख ९ र १० गते हुने प्रतियोगितामा सहभागी हुन उक्त सङ्घका प्रमुख प्रशिक्षक केबि राना ९काजी० को नेतृत्वमा ३५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीलाई बेलहियामा नेपाल भारतमैत्री समाजका अध्यक्ष शान्तकुमार शर्माले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरेका थिए । उक्त प्रतियोगितामा नेपालसहित आठ देशले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपालले विभिन्न उमेर समूह र तौल समूहमा सहभागिता जनाउने प्रमुख प्रशिक्षक रानाले जानकारी दिए । उनले खेलाडीले कडा मेहनत गरिरहेकाले प्रतियोगिताका सबै प्रतिस्पर्धामा नेपालले जित हासिल गर्ने अपेक्षा गरे। खेलाडीसँगै नेपालका तर्फबाट कराते महासङ्घका प्रदेश ५ अध्यक्ष भरतबहादुर केसी, जापान गोजु रियो कराते डो मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुन, महासङ्घका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापामगर र चिकित्सक डा विकास आले, खेलाडी र पत्रकारको टोली भारत गएको हो ।

उक्त टोलीमा रुपन्देही, कास्की, बाँके, सुर्खेत र बागलुङका खेलाडी सहभागी छन् । कराते महासङ्घका प्रदेश ५ अध्यक्ष केसीले नेपालका खेलाडीले विगतमा जस्तै स्वर्ण पदक जितेर नेपालको नाम विश्वसामु चिनाउन सफल हुने आशा गरे । यसअघि सन् २०१७ मा भारतको पुनामा भएको साउथ एशियन च्याम्पियनसिपमा नेपालले १४ स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस