९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागार हातामा मन्दिर

अ+ अ-

दुल्लु । जिल्ला कारागार दैलेख हातामा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजार रुपैयामा मूर्ति ल्याएर पूजा गर्ने कैदीबन्दीको अवधारणा जानकारी पाएपछि जेलर जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाको एक लाख अनुदानमा मन्दिर निर्माण गरिएकोे हो ।

मन्दिर निर्माणमा अरू शुभेच्छुकको सहयोग र कैदीबन्दीको श्रमदानसमेत करीब ११ लाखको लागतमा सरस्वती मन्दिर र खेलमैदानको प्रबन्ध भएको कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्रीले जानकारी दिए । कारागार हातामा नवनिर्मित सरस्वती मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । सो अवसरमा सांसद पार्वती विशुन्केले दैलेख कारागारका कैदीबन्दीलाई जेलजीवन रचनात्मक काममा उपयोग गर्न आग्रह गरेकी छन् ।

कार्यक्रममा दैलेखका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाले कैदीबन्दीलाई असल चालचलनका आधारमा कैदी मिनाह हुने कानूनी व्यवस्था भएकाले आफूलाई समयअनुसार परिस्कृत गर्न सुझाव दिए । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह, भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले दैलेख कारागारमा कैदीबन्दीले योग व्यायाम, धार्मिक अनुष्ठान र सीप सिक्न ध्यान दिएकाले आफूहरु सहयोग गर्न उत्सुक भएको बताए।

कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्री, मानबहादुर नेपाली, पुस्तकालयका उपेन्द्र शाहीले कारागारमा जेलजीवन बिताइरहेका कैदीबन्दीलाई आयमूलक सीप विकास तालीम, तनाव कम गराउन मनोविमर्श सेवा र कानूनी सहायता कक्षको आवश्यकता औँल्याएका थिए । रासस

प्रतिक्रिया दिनुहोस