२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी जलयात्रा महोत्सव

अ+ अ-

बेझाड । कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा महोत्सव आयोजना गरिएको हो ।

शुक्रबार मालुङ्गाबाट एकैसाथ १७ वटा र्‍याफ्टिङ डुङ्गामा मन्त्रीसहित जनप्रतिनिधि, कालीगण्डकी विकास अभियन्ता, राजनैतिक दल, उद्योग वाणिज्य सङ्घ, नगरपालिका तथा गाउँपालिकाका कर्मचारी गरी १४६ जना कालीगण्डकीमा जलयात्रामा निस्केका थिए ।

कालीगण्डकीको पहिचान र प्रचार तथा नदीको महत्वलाई बचाएर बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन महोत्सवले ठूलो सहयोग पुग्ने कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताए ।

करीब चार घण्टाको समय लगाएर भुजात सिद्धबाबा धामसम्म शुक्रबार साँझ जलयात्राको टोली पुगेको थियो । भुजात सिद्धबाबादेखि पुट्टारघाटसम्म जलयात्रा निकालिने कार्यक्रम छ । मणिमुकुन्देश्वर उत्तरवाहिनी क्षेत्रमा चापाकोट नगरपालिकाले स्वागत र पुट्टारघाटमा घिरिङ गाउँपालिकाको आयोजनामा समापन गर्ने बताइएको छ । निजी सङ्घसंस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलो पटक जलयात्रा हुन लागेको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कालीगण्डकी नदी ड्राइभर्सन गरेर अन्यत्र लगिए कालीगण्डकीको तल्लो क्षेत्रमा ठूलो असर पुग्ने बताए । नदी ड्राइभर्सन भएको खण्डमा जलवायु, वातावरणीय, धार्मिक तथा सांस्कृतिक अस्तित्व नै मेटिने उनको भनाइ थियो । उनले प्रदेश नं ४ र ५ को भविष्य कालीगण्डकीसँग जोडिएकाले पनि नदीलाई ड्राईभसन गरेर अन्यत्र लैजान नहुने बताए ।

कालीगण्डकीमा शुक्रबार शुरु भएको जलयात्रा महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले राम्दीबाट कालीगण्डकी नदी थुनेर नेपालका तराई र भारतीय भागमा लैजाँदा तल्लो भेगका जनतालाई असर पर्ने बताए । प्रदेश नं ५ का सांसद नारायणप्रसाद आचार्य र युवराज खनालले यस नदीको धेरै ठूलो महत्व रहेकोले यसको बचावटका निम्ति सबै तह र क्षेत्र लाग्नुपर्ने बताए । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले कालीगण्डकीको गरिमा र अस्तित्वलाई जोगाउन नदी महोत्सव कार्यक्रमले ठूलो सहयोग मिल्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस