२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन : प्रधानसेनापति थापा

अ+ अ-

काठमाडौं । नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए ।

उनले भने, ‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन ।’हाम्रा पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्ने जानकारी दिँदै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझैपनि केही शक्ति सक्रिय छन् भने ।

आर्थिक अनियमिताविरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गरे ।

प्रधानसेनापति थापाले भने, ‘आर्थिक अभाव छ भनेर अनियमिता गर्ने कसैलाई छुट छैन, पदोन्नति र शान्तिसेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराई दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा पनि त्यसको असर पर्छ तर सङ्गठनमा त्यो प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन ।’ नेपाली सेना ‘चेनअफ कमाण्ड’ र पद्धतिमा चल्नाका साथै अनुशासन र बलिदानमा मान्यता राख्ने सङ्गठनका रुपमा राष्ट्र र जनताहितका खातिर बफादार भइ काम गरिरहेको छ ।

सेनाले प्रत्येक वर्ष पहिलो महीनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्नेबारे मुख्यालयदेखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिइने भएको छ । प्रधानसेनापति थापाले सो कार्यक्रममा आचारसंहितासम्बन्धी पुस्तक पनि लोकार्षण गरे ।

प्रतिक्रिया दिनुहोस