२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साक्षर तह घोषणा गर्ने प्रतिबद्धता

अ+ अ-

काभ्रेपलाञ्चोक । नयाँ वर्षको शुरुआतसँगै स्थानीय तहका जनप्रतिनिधिले यही वर्षभित्र आफ्नो क्षेत्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा बुधबार धुलिखेलमा आयोजित साक्षर नेपाल वर्ष–२०७६ सम्बन्धी सरोकारवाला अभिमुखीकरण कार्यक्रममा उनीहरुले साक्षर पालिका घोषणा गर्ने तयारी भइरहेकाले केही महीनाभित्रै घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले भने, “हामी अब एक/दुई महीनामा साक्षर गाउँपालिका घोषणा गर्ने तयारी गर्दैछौँ ।”

जिल्लास्थित शिक्षा विकास तथा समन्वय केन्द्रले गत वर्ष कात्तिकमा काभे्रपलाञ्चोक साक्षर जिल्ला घोषणा तयारी गर्ने कार्यक्रम तय गरे पनि सो समयसीमाभित्र कुनै पनि स्थानीय तहले साक्षर पालिका घोषणा नगर्दा साक्षर जिल्ला घोषणा कार्यक्रम निर्णयमा मात्रै सीमित बन्न पुगेको थियो । जिल्लाका १३ स्थानीय तहमध्ये हालसम्म मण्डनदेउपुर नगरपालिका, धुलिखेल नपा, बनेपा नपा र खानीखोला गाउँपालिकाले मात्रै साक्षर पालिका घोषणा गरेका छन् ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले समन्वय केन्द्रले छोटो समयसीमा दिएर घोषणा गर्न दबाब दिएको उल्लेख गर्दै केही महीनामै घोषणा गर्ने बताए । “दिएको समयभित्र गर्ने हरदम प्रयास गर्‍यौँ, तर विकटताका कारण अलि ढिला भएको हो, अब घोषणाकै तयारीमा छौँ”, उनले भने ।

भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले आफ्नो पालिकामा कति साक्षर छन् भन्नेबारे तथ्याङ्क सङ्कलनका काम बाँकी रहेको बताए । उनले भने, “साक्षरता तथ्याङ्क सङ्कलन गर्दैछौँ, साक्षर हुन बाँकीलाई यही वर्षभित्र साक्षर बनाएर घोषणा गर्नेछौँ ।” तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले पनि केही महीनाभित्रै साक्षर पालिका घोषणा गर्ने प्रतिबद्धता जनाए । उनले भने, “हामी घोषणाकै तयारीमा छौँ ।”

शिक्षा विकास तथा समन्वय केन्द्र प्रमुख डिकबहादुर राईले स्थानीय तहले समयसीमासम्म साक्षर पालिका घोषणा नगर्दा गतसाल साक्षर जिल्ला घोषणा गर्न नसकिएको बताए । उनले जिल्लामा २०७५ असार मसान्तसम्ममा ९६ दशमलव ३५ प्रतिशत साक्षर भइसकेको जानकारी दिए । सबै स्थानीय तह साक्षर तह घोषणा भइसकेपछि साक्षर जिल्ला घोषणा गर्ने योजना बनाइएको छ ।

मानव स्रोत विकास केन्द्रका उपनिर्देशक दीपक शर्माले स्थानीय तह तथा जिल्ला तहमा ९५ प्रतिशत साक्षरता जनसङ्ख्या हुँदा साक्षर घोषणा गर्न सकिने बताए । उनले भने, “साक्षरता घोषणा गर्न अब स्थानीय तह आफैँ जागरुक बन्नुपर्छ ।” उनले साक्षर नेपाल वर्ष २०७६ सफल बनाउन सरोकारवालासँग आग्रह गरेका छन् । साक्षर नेपालपछिको परिकल्पनामा १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली साक्षर भएका हुनेछन्, २०७८ को जनगणनादेखि शैक्षिक महलअन्तर्गत निरक्षरको गणना गरिनेछैन, मानव विकास सूचाङ्कमा नेपालको स्तर अभिवृद्धि भएको हुनेछ, लगायत उल्लेख गरिएको छ ।

गयल शिक्षकको तलब कट्टा

नयाँ शैक्षिकसत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचनाविना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्ने भएको छ । नयाँ शैक्षिकसत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले जानकारी दिए । उनका अनुसार गत शैक्षिकसत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो ।

लामाले भने, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापरवाही हो, अब निवेदन र सूचना नदिई बस्ने शिक्षकको तलब कट्टा गर्छौँ ।” उनले सूचना प्रकाशित गरी विद्यालयभित्रको अनियमितता र शिक्षकको लापरवाहीबारे अभिभावकले गाउँपालिकामा उजुरी गर्नसमेत सक्ने प्रावधान बनाइएको बताए ।

गत शैक्षिकसत्रमा गाउँपालिकाभित्र गरिएको अनुगमनका क्रममा बिदामा बसेको शिक्षकले विद्यालयमा निवेदन नदिएको, बिदा बसेको शिक्षकबारे प्रअलाई थाहा नभएको, बिदामा बसेको दिनको हाजिर गरिएको र प्रअसमेतले आफूखुशी विद्यालय आउने र बिदा नजनाउने गरेको पाइएको लामाले जानकारी दिए । उनले भने, “अब प्रअले शिक्षक विद्यालय आएको–गएको समय, बिदाको निवेदन र हाजिरीमा बिदा पनि जनाउनु पर्नेछ ।”

प्रत्येक महीनाको अन्त्यमा शिक्षकको हाजिरकापी तथा शिक्षक बिदा बसेको निवेदनको प्रतिलिपि गाउँपालिकामा बुझाउनुपर्ने नियम पनि बनाइएको छ । हाजिरीअनुसार प्रअले गाउँपालिकाले बनाएको छुट्टै फारम भर्नुपर्ने त्यसपछि मात्रै शिक्षकको तलब पठाइने लामाले बताए । “अब शिक्षकको हाजिरी र बिदा निवेदनको आधारमा तलब पठाइन्छ, जसले शिक्षक अनुशासनमा बस्ने र गुणस्तरीय शिक्षामा मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”

उच्च माध्यमिक विद्यालयसम्मका ४३ विद्यालय रहेको तेमाल गाउँपालिकामा करीब ३०० शिक्षक कार्यरत रहेका छन् । गाउँपालिकाले वैशाखदेखि शिक्षकको बैंक खातामा प्रत्येक महीना तलब पठाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस