२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा स्काउट अभियान सञ्चालन : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको बताएका छन् ।

नेपाल स्काउट प्रदेश नं १ अन्तर्गत स्काउट आधारभूत तालीमको आज यहाँ उद्घाटन गर्दै उनले बालबालिका र युवा मानसिक, सामाजिक र अनुशासित बनाई समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउन स्काउट सफल हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल स्काउट मुलुकमा राजनीतिक स्थिरताका कायम भएसँगै राजनीतिक पीडितको अवस्थाबाट अन्त्य भएको भन्दै मुलुकको संघीय संरचनामा रुपान्तरण भई प्रष्ट र आफ्नो सिद्धान्तमा परिचालन भई समाजमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम रहेको अवस्थामा तीन तहका सरकारले विकासका आफ्नो लक्ष्यमा अगाडि तीव्र गतिमा अगाडि बढिरहेकोले जनताले त्यसको अनुभूति चाँडै अनुभव गर्न बताए।

मुख्यमन्त्री राईले प्रदेश सरकारले सम्भावनाका योजनाको आधविधक गर्नेकार्य गरिरहेको बताउँदै योजना बैंक, लगानी सम्मेलन, प्रदेश विकासको नयाँ मोडललगायतका सोचका साथ अगाडि बढिरहेको जानकारी दिए ।

उनले अबको केही दिनभित्रमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गाउने र त्यसपछि योजनाबद्ध विकासको थालनीका शुरु गर्ने बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई दुव्र्यवनीबाट मुक्त बनाउन तथा परोपकार भवना जगाउन स्काउटमा लाग्नुपर्नेमा जोड दिए ।

उनले प्रत्येक विद्यालय र कलेजमा स्काउटलाई उच्च प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै बालबालिकामा सिर्जनात्मक भावना जगाई समाजसेवी र नैतिकवान बनाउनुपर्ने आवश्यकता औंल्याए ।

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले समाजमा रहेको विकृति र विसङ्गति रोक्न र युवालाई अनुशासित बनाउन नैतिक शिक्षाको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदार न्यौपाने, प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीलगायतले स्काउटले समाज सेवाको भावना जगाउन विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रदेशका १३७ स्थानीय निकायका ३२७ पुरष र १९५ महिला प्रशिक्षकले छ दिनसम्म आधारभूत तालीममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस