२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रध्यापकलाई कालो मोसो लगाउने ६ विद्यार्थी निष्कासित

अ+ अ-

चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णु ओझा माथि कालोमोसो र जुक्ताको माला लगाउने संकाय छैटौं समेष्टरका विद्यार्थीलाई ६० दिनका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

निष्कासनमा पर्ने विद्यार्थीमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।

यसैबीच, प्रजातन्त्रवादी प्राध्यापक संघले भरतपुरमा आज पत्रकार सम्मेलन गरी विद्यार्थीमाथि कारबाही कम भएको र विद्यार्थीहरुले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । प्रजातन्त्रवादी प्राध्यापकहरुले चैत्र २२ गतेदेखि विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक कार्यक्रम बन्द गराउँदै आएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य उपप्रध्यापक रामहरि तिमिल्सिनाले आरोपी विद्यार्थीहरुको हुलियासहित किटानी जाहेरी दिदा पनि प्रहरी प्रशासनले अझै पक्राउ गर्न नसकेकोमा रोष प्रकट गरे ।

आरोपीहरुले सामाजिक सञ्जाल तथा टेलिभिजनहरुमा अन्र्तवार्ता दिदैं आफुहरुले ठीक गरेको दावी गरिरहँदा प्रशासन मौन बसेको भन्दै प्रहरीको भूमिका शंकास्पद देखिएको उपप्रध्यापक तिमिल्सिनाको आरोप छ । उनले विश्वविद्यालयमा प्राध्यापकहरुले पढाउन सक्ने बातावरण नरहेको भन्दै वातावरण निर्माण गर्न सबैसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस