१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न सञ्चारमन्त्रीको आग्रह

अ+ अ-

जनकपुरधाम । सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गरेका छन् । टेलिकमको एफटिटिएच (फाइबर टु द होम) सेवाको आज यहाँ शुभारम्भ गर्दै उनले ४ हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद हो, अब यसलार्ई ग्राहकसेवी र जनसेवी बनाउनुपर्छ भने ।

मन्त्री बाँस्कोटाले प्रदेश नं २ का प्रमुख सचिव दीपक सुवेदीसँग कुराकानी गरी सो सेवाको शुभारम्भ गरेका थिए ।

क्षमता अभिवृद्धि, सेवा विस्तार, गुणस्तरीयता र जनताको मन जित्ने किसिमले कार्यसम्पादनमाथि जोड दिँदै मन्त्री बाँस्कोटाले टेलिकमबाट बाहिरिएकै प्राविधिकको सीपबाट अन्य संस्था प्रतिस्पर्धामा अग्रस्थानमा रहनुले पनि यसको सेवाको विश्वसनीयतामाथि प्रश्नचिह्न लागेको बताए ।

सम्पत्तिका दृष्टिले पनि सम्पन्न अवस्था रहेको टेलिकमको कार्यसम्पादन कर्मचारीको अल्छीपनका कारण तल खस्केको बताउँदै कम्पनीले अघि सारेको फोरजीलगायत नौ परियोजनाको सफल कार्यान्वयनतर्फ उन्मुख भई डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न सबैमा आग्रह गरे। उनले भने, ‘पलपलमा चुनौती थपिँदै गएको परिवेशमा टेलिकमले सेवालाई छिटो र गुणस्तरीय ढङ्गले कुनाकाप्चासम्म विस्तार गर्नु जरूरी छ ।’

प्राविधिक रूपान्तरणको पहिलो पाइलाका रूपमा टेलिकमले जनकपुरधाम क्षेत्रका ११ हजार सेवाग्राहीलाई सो सेवा क्रमिक रूपले उपलब्ध गराउने लक्ष्य राखेको छ । सो प्रविधिअन्तर्गत अप्टिकल फाइबरमार्फत प्रयोगकर्ताले भिडियो र डाटा उच्चगतिको प्राप्त गर्ने जनाइएको छ ।

टेलिकमका क्षेत्रीय निर्देशक अमरेन्द्रनारायण सिंह र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले एफटिटिएच सेवालाई देशभर विस्तार गर्ने लक्ष्य राखेको जानकारी दिए । टेलिकमका जनकपुरधाम कार्यालय प्रमुख चिन्मय आनन्दले एफटिटिएच सेवाबाट उच्च गतिको इन्टरनेट सेवा प्राप्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस