१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सर्भिस ट्रयाक’ को निर्माण ७५ प्रतिशत सकियो

अ+ अ-

काठमाडौं । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्षसम्ममा बाँकी सडक निर्माण सक्ने योजना रहेको उनले बताए । उनका अनुसार सडकको मापदण्डभित्रै रहेका घरटहरा नहट्दा काममा बाधा पुगेको छ । उनले भने,’यी घरटहरा हटेमा बाँकी काम चाँडो सकिनेछ ।’

चक्रपथको भित्र र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको इञ्जिनीयर शर्माले बताए । सो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन लेन छन् । मुख्य र सहायक लेन चार/चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक/एक गरेर दुई लेनको छ । मुख्य र सहायक गरेर आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । समूहले गत पुसमा नै नेपाल सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ ।

सो सडक निर्माणले चक्रपथमा आवतजावत सहज भए पनि सर्भिस ट्र्याक बनिनसकेकाले मुख्य सडकमा छिर्न कठिन भएको स्थानीयवासी बताउँछन् । चीन सरकारले नै अहिले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडकको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस