१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाको लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदै

अ+ अ-

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१/७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो ।

लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भने, ‘घरमा बिजुली बालौँला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने भन्ने छ तर काम बाँकी छ । यो भन्दा पहिला दियालोबाट दिन गुजारियो, हाम्रा दिन अँध्यारोमै बिते, अब बालबच्चालाई पढ्न लेख्न सहज होस् भनेर सबै हामी स्थानीयवासी लागिपरेका छौँ ।’

रकम अभावले लम्बिएको विद्युत् निर्माणकार्यले वैशाखभित्र पूर्णता पाउने साना लद्युजलविद्युत् विउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । उनले भने, ‘एक नहर (कुलो)बाट विद्युत् उत्पादन पनि हुने र त्यसैबाट सिँचाइको काम पनि हुने गरी आयोजना निर्माण गरिएको हो ।’

रु ३ करोड लागतको प्राविधिक अनुमानमा निर्माणकार्य थालनी गरिएको बहुउद्देश्यीय आयोजना साढे दुई वर्षमा निर्माणकार्य सम्पन्न हुनुपर्ने भएपनि बजेट अभावका कारण अहिलेसम्म लम्बिएको उनको भनाइ छ ।

उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको उनले बताए । तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाख बजेटबाट विद्युत् र सिँचाइ हुने गरी काम शुरु गरिएको हो ।

सांसद विकास कोषबाट रु ३० लाख, गैरसरकारी संस्था सूर्य सामाजिक सेवा संघ (फोरएस) जुम्लाबाट रु २० लाख, पातारासी गाउँपालिकाबाट रु ७५ लाख बजेट गरी रु १ करोड ४० लाख बजेट जुटाएर काम भएको उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । तिर्खु लाम्री, डिल्लीचौर जम्न गरी चार गाउँको करीव ५०० घरधुरीमा बिजुली पुर्‍याउने आयोजनाको उद्देश्य रहेको छ ।

बजेट अभावले ट्रान्समिटर र अन्य केही विद्युत् सामग्री खरीद गर्न बाँकी नै छ । गाउँपालिकाले आयोजना निर्माणका लागि लगानी गर्ने आश्वासन दिएको छ । त्यसै रकमबाट बाँकी विद्युत् सामग्री खरीद गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष बुढाको भनाइ छ ।

पाँच हजार रोपनी जमीन सिँचाइ हुने

विद्युत् र सिँचाइका लागि निर्माण गरिएको नहरबाट ५ हजार रोपनी सिँचाइ हुने भएको छ । सिँचाइ हुने भएपछि स्थानीयवासीले तरकारी खेती गर्ने लक्ष्य बनाएको वीरबहादुर बोहोराले बताए । उनले भने, ‘विषादीरहित जैविक तरकारी खेती स्थानीय बजारदेखि बाहिर बजारमा राम्रो माग भएकाले किसान तरकारी खेतीमा बढी आकर्षित भएका छन् ।’

यहाँ केहीले काली मार्सी धान पनि रोप्ने गरेका थिए तर धानमा बढी रोग लाग्ने र परिश्रमअनुसारको उत्पादन नहुने भएकाले तरकारी खेतीमा किसानको मोह बढेको हो । गाउँपालिकाको उर्थुचौतारामा पक्की पुल निर्माण भएपछि यहाँको तरकारी सहजै कर्णाली राजमार्ग हुँदै सुर्खेत, नेपालगञ्ज राष्ट्रिय बजारमा पुर्‍याउन सकिने भएकाले स्थानीयवासीले तरकारी खेतीलाई बढी जोड दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस