१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’बाट ९० हजारको औषधि बरामद

अ+ अ-

भद्रपुर । झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका–४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका–५ का ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मे१०प १३३९ नंको मोटरसाइकलमा सवार दुवै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कचनकवल–३ बगानमा जाँचको क्रममा औषधिसहित पक्राउ गरिएको हो । उनीहरु दुवैलाई जिप्रकाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको र बरामद औषधि बुधबारै औषधि व्यवस्था विभाग विराटनगरलाई बुझाइने प्रवक्ता श्रेष्ठले बताए।

लागूऔषधसहित पक्राउ

भद्रपुर नगरपालिका–५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषधसहित एक व्यक्तिलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–५ का २२ वर्षीय वीरधन तामाङ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । बुधबार ९ः३० बजे प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका तामाङलाई जाँच गर्ने क्रममा लागूऔषध फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० थान बरामद गरेको हो ।

पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ । यही चैत १६ गते यसै नाकाबाट नेपाल भित्र्याइएको २२ लाख मूल्य बराबरको यौनवर्द्धक औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस