२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार आरोपमा मलेसियालीका पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाह पक्राउ

अ+ अ-

मलेसिया । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ ।

पक्राउ पर्नु पहिले उनीलाई सोलार पावर आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नहरूबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्नका लागि भनी बोलाइएको थियो । तर उनीलाई पछि त्यहीबाट पक्राउ गरिएको थियो ।

उनीलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेसियाको भ्रष्टाचारविरोधी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रोसमाह तथा उनका पूर्व विशेष सहयोगीलाई गत बर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो । रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुससमेत लिएको आरोप लगाइएको थियो ।

उनका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिसन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो ।
आरोपित दुवै जनाले आरोप निराधार रहेका जनाउँदै यसको खण्डन गर्दै आएका छन् ।

सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तीको शुद्धिकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानविन गरिसकिएको छ ।

पछिल्लो सोलार प्यानल आयोजनाबारेको आरोपमा उनले मलेसियाको पूर्वी राज्य सारावाकमा विभिन्न ३०० विद्यालयमा जोडिएको सौर्य उर्जा विना टेन्डर एक कम्पनीलाई दिएको र यसबाट ठूलो कमिसन लिएको आरोप लगाइएको छ ।

उक्त टेन्डरका लागि पूर्व प्रधानमन्त्रीसमेतको अनुमति रहेको दावी गरिने गरिएको छ । सत्ताबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्री नाजिबमाथि भ्रष्टाचारका विभिन्न ४२ वटा मुद्दा दर्ता भएका छन् । उनका मुद्दामाथि गत हप्तादेखि सुनुवाई शुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस