१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्छ : स्वास्थ्यमन्त्री यादव

अ+ अ-

चितवन । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी र निजी अस्पताल सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

चितवन मेडिकल केलजले अस्पताल परिषरमा शुरु गरेको अत्याधुनिक प्रजनन संरक्षण सेवा प्रणालीसहितको ‘टेष्ट्टयुब बेबी सेन्टर’को आज यहाँ उद्घाटन गर्दै उनले निजी र सरकारी दुवैले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बताए।

सरकारले मात्र स्वास्थ्य सेवाको पहुंँच पुर्‍याउन कठिन हुने भएकाले सेवाको भावसहित निजी क्षेत्रले काम गर्नुपर्ने उनको भनाइ थियो । उपप्रधानमन्त्री यादवले सरकारले ल्याउन लागेको स्वास्थ्य नीतिमा सरकारी र निजीलाई सँगसँगै लैजान खोजिएको बताए।

सरकारले स्वास्थ्यमा सबै सुविधा दिनसक्छ भन्ने मानसिकता त्याग्नुपर्ने तथा सरकारीबाट उपलब्ध हुन नसकेका सुविधा दिने निजी क्षेत्रलाई प्रश्रय दिनुपर्नेमा उनले जोड दिए । पछिल्लो समय क्यान्सर, मुटु, मिर्गौला, मधुमेहलगायत रोग बढ्दै गएकाले खाद्यान्नमा भएको बिषादी र प्रदुषण न्यूनीकरण गर्नुपर्ने उनले बताए । ‘सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्नका लागि गृहकार्य गरिरहेको छ’, उनले भने ।

सो अवसरमा पूर्वमन्त्री सुरेन्द्र पाण्डे, सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललगायतले निजी क्षेत्रले स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले निःसन्तान दम्पत्तिले विदेशमा गई उपचार गर्न नपरोस् भन्ने उद्देश्यले झण्डै रु चार करोडका उपकरण झिकाएर टेष्ट्टयुब बेबी सेन्टर स्थापना गरिएको बताए । सो सेवामा भ्रुण बैँकिङसँगै टेष्ट्टयुबमा शुक्रकीट र डिम्ब मिलन हुन नसकेमा डिम्बभित्र शुक्रकीट राख्ने अत्याधुनिक उपकरणसमेत जडान गरिएको उनले बताए ।

मेडिकल कलेजका वरिष्ठ प्रसुती रोग विशेषज्ञ डा.उपेन्द्र पण्डितका अनुसार अस्पतालमा दम्पत्तिको डिम्ब र शुक्रकीट एवं भ्रुणको अधिक चिस्यान प्रविधिद्वारा भविष्यमा गर्भको लागि प्रत्यारोपण गर्न सकिने प्रविधिसमेत रहेको छ । विशेषज्ञसहित यो सेवा राजधानी बाहिर चितवनमा मात्र हो ।

प्रतिक्रिया दिनुहोस