१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाजिम्पाटमा मध्यराति आगलागी हुँदा सुरक्षा गार्डको मृत्यु, ४ जना घाइते

अ+ अ-

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् ।

आगलागीमा परी ओखलढुंगाको पोखरी गाउँपालिका-२ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तर्गत होटल शंकरमा सुरक्षागार्ड थिए ।

नील सरस्वती मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा भाडामा बसेका उनको मृत्यु भएको हो । उनलाई उपचारका लागि अस्पताल लगिए पनि बाटैमा मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी नायव उपरीक्षक (डीएसपी)होविन्द्र बागेटीले बताए ।

उनका अनुसार घटनामा घाइते हुने अन्यमा बर्दियाका विबेक शाही, उनकी श्रीमती गंगामाया शाहीसँगै चन्द्रमाया राई र बिना बस्नेत छन् । राई र बस्नेत उपचारपछि घर फर्किएका छन् भने शाही दम्पत्तिको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

हाल उनीहरुको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । बोगटीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मध्यराति १२ बजे विद्युत् सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको वारुणयन्त्र आगोलाई नियन्त्रणमा लिन त्यहाँ पुगेको थियो । एक घन्टाभित्रमा आगो नियन्त्रणमा आए पनि त्यसअघि नै ठूलो क्षति भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस