२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहर फाल्नेलाई फोहर ‘उपहार’ !

अ+ अ-

बनियानी । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताए ।

प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानमा फोहर फाल्ने सुनिल हेयर कटिङ सैलुनका सुनिल ठाकुर र अर्जुनधारा–८ शनिश्चरे बजारको निशा मोबाइल सेन्टरलाई फोहर उपहार दिएको हो ।

‘फोहर फाल्नका लागि डस्टबिन राखिदिए पनि जथाभावी फोहर फाल्ने क्रम रोकिएको छैन’, संयोजक पोखरेलले भने,’जथाभावी फोहर गर्नेलाई फोहर नै उपहार दिएका छौँ, यसले अन्य फोहर गर्ने मानिसको व्यवहारमा परिवर्तन आउने अपेक्षा छ ।’

अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमले जथाभावी फोहर गर्नेलाई कारवाही गरिने बताए । ‘नगरलाई स्वच्छ र सफा राख्नु सबै नगरवासीको दायित्व हो’, उनले भने, ‘जथभावी फोहर फाल्नेलाई कारवाही गरिनेछ ।’

जथाभावी फोहर फाल्ने दुवै पसललाई जरिवानास्वरुप जनही रू एक हजार १०० असुल गरिएको छ । उक्त रकम फोहर सरसफाइ गर्दा आवश्यक पर्ने मास्क, पञ्जा र अन्य औजार खरीद गरिने वडाध्यक्ष गौतमले बताए । फोहरमैला व्यवस्था ऐन, २०६८ मा व्यवस्था भएअनुसार स्थानीय सरकारको अग्रसरतामा सरसफाइ अभियान सञ्चालन गरिएको अर्का अभियानकर्मी विष्णु आचार्यले जानकारी दिए ।

अर्जुनधारा नगरका विभिन्न क्षेत्रमा अभियानले ३२औँ साता सम्पन्न गरिसकेको छ । यसक्रममा अर्जुनधारा मन्दिर, दुर्गा मन्दिर, शनिश्चरे बजारक्षेत्र, सालबारी पार्क, कप्तानबारी र ७ नं वडा कार्यालय परिसरमा सरसफाइ गरिसकेको छ । विशेषगरी अर्जुनधारा ६, ७ र ८ नं वडामा यो अभियान केन्द्रित छ । ‘हामी विस्तार गरेर नगरका सबै वडा, बजारक्षेत्रमा पुग्नेछौँ’, संयोजक पोखरेले भने ।

प्रतिक्रिया दिनुहोस