काठमाडौँ। चैत कृष्ण औंसीका दिन आज काठमाडौँ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै छ । सो अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
नेपाली सेनाले टुँडिखेलमा अश्वकला, युद्ध कला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायत प्रदर्शन गरी घोडे जात्रा मनाउने तयारी गरेको छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चाएर दबाउने गरेको परम्परालाई घोडे जात्राको रूप मनाउँदै आएको भनाई छ ।
सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।