२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजनमा यिनको गुनासो : कसले सुनिदेला ?

अ+ अ-

काठमाडौँ । ‘टाढा छु । गुनासो गर्ने मौका मिलेन । १० वर्ष भयो सेवा अवधि । बि.ए. पास गरेकी छु । ३० दिने प्रशासनिक तालिम लिएकी छु ।’ २८ वर्षको अनुभव छ शर्मिला राई लेख्छिन् ।

ज्येष्ठताको सूची सँगसँगै निस्कँदा समायोजन पनि सँगै होला भन्ने आशा बोकेका टाईपिष्ट नायव सुब्बा(टानासु)हरू तब छाँगाबाट झरे झै भए जब नायव सुब्बा(नासु)हरूको समायोजन भई सक्दा टानासुहरु फाजिलमा परे ।

टानासुको जागिर खानुपर्ने अवस्थाबारे राई अगाडी लेख्छिन् कार्यरत कार्यालयमा टा.ना.सु.को दरबन्दी पनि थियो ।

‘टाढा जाने अवस्था थिएन । त्यसैले १ नं. मा सङ्घ रोजेकी थिएँ । साथै त्यति कनिष्ठ पनि थिइन । दरबन्दी काटिन पनि सक्छ भन्ने पूर्वानुमानले २ नं. मा नजिकको स्थानीय तहहरू रोजेँ र ३ नं. मा १ नं. प्रदेश रोजेँ । तर दुर्भाग्य केही साथीहरू छैटौँ अधिकृत सो सरह अधिकृतमा समायोजन भएको पनि समायोजन लिस्टमा देखिँदा म भने फाजिलमा परेको छु ।’ समायोजन फारम भर्दाको अवस्था र मनस्थिति सम्झिँदै उनी लेख्छिन् ।

समायोजनमा देखिएको यो अवस्थापछि अन्तमा उनी लेख्छिन् ‘उल्टो सुल्टो भयो गुजुल्टो’

समायोजनबारे चित्त नबुझेका विषयमा गुनासो राख्ने अन्तिम दिन गुनासो दर्ता गराउने कर्मचारीको भिड समाचारमा आफ्नो बिचार व्यक्त गर्दै पाल्पाबाट सुन्दरी नेपालीले लेखेकी छिन् ‘जिल्ला समन्वय समितिको अधिकृत छैटौँ तहमा स्थाई सेवा गरेको १२ वर्ष हुंदैछ । त्यसभन्दा अगाडीको सोही पदको अस्थायी सेवा हेर्ने हो भने १८ वर्ष भयो अधिकृत छैटौँ तहमा कार्यरत रहेको । हाल स्थानीय तहमा समायोजन गरिएको छ तर साबिककै सेवा र तहमा । नियमानुसार स्वतः सातौँ तह हुनु पर्नेमा न त समायोजनमा सातौँ तह दिइयो न त बढुवा नै भयो । यो भन्दा बढी विभेद कहाँ होला ?’

गुनासो सुनुवाइ गर्ने कर्मचारीको लामै लाइन देखेर इलामबाट भेषराज भट्टराई लेख्छन् ‘इमेलबाट गरेको गुनासो सुनुवाइ हुन्छ कि हुँदैन ?’

यी त केही प्रतिनिधि प्रश्न मात्रै हुन् दैनिक सयौँ कर्मचारीहरूले समायोजनबारे अनेकन् जिज्ञासाहरू पठाउने गरेका छन् ।

सम्बन्धित निकायले समयमै बिचार नपु¥याउँदा, प्राविधिक कठिनाइबारे सामान्य पूर्वानुमान नगर्दा र यसरी अफ्ठेरोमा परेका कर्मचारीका जिज्ञासाहरूको निराकरणका लागि सहज नबनाई दिँदा आक्रोश बढ्दो छ ।

सिँहदरवारभित्र बसेर ख्याल राख्नै पर्ने एउटा कुरा के हो भने यी कर्मचारीहरूको फोन नउठाए के हुन्छ र ? नभेट्दा के नै गर्न सक्छ र ? भन्ने शासकीय मानसिकताको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्न गई त्यसको सम्पूर्ण अपजस सरकारको थाप्लोमा नै आउने भएकोले पनि यसबारे अझ माथिकाले बेलैमा सोच्न सके राम्रो !

प्रतिक्रिया दिनुहोस