काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
महासमिति बैठकमा उठाएका एजेण्डा नेतृत्वले लत्याएपछि उनीहरुले थप रणनीति बनाउन भेला बोलाएका हुन् । भेलाबाट पार्टीको संशोधित विधानमा गरिएको स्वतः महाधिवेशन प्रतिनिधि र आरक्षणको सुविधाबारे पुनर्विचारका लागि पार्टीलाई दबाब दिने असन्तुष्ट जिल्ला सभापतिहरुले तयारी गरेका छन् ।
कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँको संयोजनमा हुन गइरहेको बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ । जिल्ला सभापतिहरुले भेला हुने स्थान भने खुलाएका छैनन् ।
गत फागुन १२ गते सभापति देउवाले बहुमतीय प्रक्रिया अपनाएर महासमितिको म्याण्डेड विपरित विधान पारित गरेपछि जिल्ला सभापतिहरु रुष्ट छन् ।