२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कलर्स अफ चेन्ज’ शीर्षकमा पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी

अ+ अ-

काठमाडौं । चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छ ।

चैत्त १६ गते सुरु भएको पाँच दिवसीय प्रदर्शनी चैत्र २० गतेसम्म चल्ने छ । प्रदर्शनीमा यादवका २९ वटा कलाचित्र प्रदर्शित छन् ।

व्यावसायिक रुपमा मिथिला चित्रकलामा विगत ६ वर्षदेखि सक्रिय रहेकी यादवले पछिल्लो ३ वर्षमा कोरेका चित्रहरु एकल प्रदर्शनीमा राखेको बताइन् ।

नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभइ समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार आफ्ना चित्रहरु कोरेकोले प्रदर्शनीको नाम ‘कलर्स अफ चेन्ज’ राखिएको उनको भनाई छ ।

प्रदर्शित कलाचित्रहरुमध्ये केही चित्रहरु नेपालको तराईमधेश र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली भल्काउने खालका छन् भने अधिकांश चित्रहरु समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन् ।

विशेषगरी दाइजो प्रथा, बालिका भ्रुण हत्या, बाल विवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानताजस्ता जल्दोबल्दो समस्या र विकृतिलाई चित्रकार यादवले आफ्ना कलाचित्रमार्फत् देखाएका मात्र छैनन उनले यी विसंगतिहरु मानव सभ्यताकै लागि कलङ्क र पछौटेपनको प्रतिक हुन् भन्ने खोजेका छन् ।

‘हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध आफ्ना कलाचित्रहरुमार्फत् मैले आफ्ना असहमति र रिस पोखेको हुँ ।’ चित्रकार यादवको भनाइ छ ।

चित्रकार यादवका अनुसार रङ्ग र ब्रस उनका हतियार हुन् जसलाई आर्ट पेपर र क्यान्भासमा प्रयोग गरेर समाजमा शताब्दीयौदेखि विद्यमान् अन्याय, अत्याचार र विकृतिविरुद्ध उनी लड्ने गछिन् ।

‘कला कलाका लागि मात्र होइन । कला समाजका लागि पनि हुनुपर्दछ भन्ने मेरो बुझाइ छ । त्यही बुझाइ र विश्वासअनुसार नै समाजमा व्याप्त विकृति, विसंगति, अन्याय र अत्याचारविरुद्ध मैले मेरा चित्रहरु कोर्ने गर्दछु ।’ यादव भन्छिन् ।

चित्रकार यादवका कलाचित्रका चीन चरणहरु पाइन्छ । पहिलो, समाजमा व्याप्त समस्या र विकृतिको चित्रण । दोस्रो, समस्या र विकृतिसँग द्वन्द्व एवम् संघर्ष । तेस्रो, ती समस्या र विकृतिको समाधान ।

आफुले समाजमा विद्यमान् विसंगति, विकृति र अन्यायको चित्रण मात्रै आफ्नो चित्रहरुमा नगरेको भन्दै चित्रकार रन्जुले त्यसको समाधान पनि आफ्ना चित्रहरुमार्फत् सुझाएको बताइन् । तराईमा व्याप्त दाइजो/दहेज प्रथालाई लक्षित गर्दै त्यसको विरोधमा कोरिएका तीन वटा चित्र यादवले प्रदर्शनीमा राखिएको छ ।

त्यसैले शिक्षा र स्वतन्त्रता दिएपछि मात्र महिला र पुरुषबीचको असमानता र भेदभाव हट्ने सन्देश चित्रकार यादवले केही चित्रमार्फत् दिएकी छन् ।

यस्तै, पति वैदेशिक रोजगारमा गएपछि पत्नीले घरपरिवारदेखि घरबाहिरका सबै काम सम्हाल्नु परेकोले त्यसले गर्दा महिला सशक्तीकरण हुने अवस्थाको चित्रण पनि उनको चित्रमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस