काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलिया र महिला आयोगको अध्यक्षमा सिफारिस भएकी विष्णुमाया ओझाविरुद्ध उजुरी आव्हान गरिएको छ ।
संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले थपलिया र ओझाविरुद्ध उजुरी आव्हान गरेको हो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुँदै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका हुन् ।
बहालवाला सचिवलाई नै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् ।