काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोगस्वरूप आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब दिने घोषणा गरेका छन् ।
उनले पार्टी पंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भनेका छन्, बारा-पर्सामा भीषण आँधीबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुस्खित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।
संयोजक डा। भट्टराईले राहतरपुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियतअनुसार आर्थिक सहयोग सिधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरेका छन् ।