ताप्लेजुङ । ताप्लेजुङको मेरिदिङ गाउँपालिका ५ थुकिम्बामा सोमबार ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मे १ त ५८४५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ३५ वर्षीय आइतवीर लिम्बुको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर र चालक मेरिङदेन २ सानथाक्राका २७ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।