हुम्ला । नेपाली कांग्रेस हुम्लाका सभापति जयपति रोकायाको टोली गाउँ पसेको छ । संगठन सुदृढीकरणका लागि हुम्लाका कांग्रेस सभापतिसहितका नेताको टोली कार्यकर्ता भेटघाट तथा अन्तक्रियाका लागि गाउँ पसेका हुन् ।
सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रा लाग्ने बाजुरासंग सीमा जोडिएको ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ को काँडा जिमानाबाट नेताहरुले अन्तरक्रिया कार्यक्रम सुरु गरेको सभापति रोकायाले बताए ।
कार्यक्रममा कांग्रेसको नयाँ विधानअनुसार तल्लो तहसम्म नयाँ संरचना निर्माण नभएको अवस्थामा गाउँगाउँमा गई अन्तरक्रिया गर्नुपरेको रोकायाले बताएका छन् । उनले भने,‘ कांग्रेसको नयाँ विधान अनुसार नयाँ संरचना तल्लो तहसम्म निर्माण भएको छैन । गाउँ गाउँमा रहेका कांग्रेस कार्यकर्तासँग अन्तरसंवाद, संगठन निर्माण, स्थानीय सरकारका गतिविधिलगायतका विषयमा जानकारी लिने कार्य भइरहेको छ ।’
यो एक किसिमको अगुवा कार्यकर्तासँगको छलफल कार्यक्रम पनि भएकाले यसबाट आउने सुझाव आगामी दिनमा हुम्लामा संगठन निर्माण तथा सुदृढीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको सभापति रोकायाले बताए ।
उनल कांग्रेस कार्यकर्ता मात्र नभइ जनताहरुपनि स्थानीय सरकारले संचालन गरेका कामहरु प्रति रुष्ट रहेको गुनासो आउने गरेको बताए । विकास पनि आफ्ना अर्का भनेर छुट्याउने गरेको गुनासो आउने गरेको र यसलाई जिल्लामा गएर सार्वजनिक गरिनेसमेत रोकायाले स्पष्ट पारे ।
संगठन सुदृढीकरण कार्यक्रम १५ दिनसम्म चल्ने छ यो अवधिमा हुम्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाहरुमा अन्तक्रिया कार्यक्रम संचालन गरिने छ । ताँजकोट, अदानचुली, सर्केगाड र चंखेली गरी चारवट गाउँपालिकामा सो कार्यक्रम सम्प्नन गरिने बताइएको छ ।
यो प्रदेश संसदको पहिलो गाउँ लक्षित कार्यक्र हो । हुम्लाका अधिकांश कांग्रेस नेताहरु काठमाडौं केन्द्रित छन् ।