२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारबर्दियामा १८ योजना पारित

अ+ अ-

धम्बोझी । बर्दियाको बारबर्दिया नगरपालिकाको विशेष नगरसभाले पाँच प्रस्ताव पारित गरेको छ । नगरको विशेषसभाले आर्थिक वर्ष २०७५/०७६ को बजेट संशोधन, समपूरक अनुदान विनियोजन विवरण, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद् विकास कोष) नगरभवन निर्माणको योजना र नगरका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरेको छ ।

बारबर्दिया नगरपालिकाको करीब रु ८१ लाख ५० हजार बजेटको ११ वटा वडास्तरीय योजनालाई संशोधन गरी १८ योजनामा बजेट विनियोजन गरी नगरसभाबाट पारित गरिएको छ ।

समपूरक अनुदान विनियोजनमा वडा नं १ मा मुर्गिहवा टोलको झरनमा कल्भर्ट निर्माणमा स्रु एक करोड, वडा नं ४ को घोरपित्तादेखि गुरुवागाउँ हुँदै बाटो स्तरोन्नतिमा रु दुई करोड, वडा नं ६ मा नगरपार्क जयनगरमा रु एक करोड, वडा नं ७ को हर्नवादेखि वडा कार्यालय जोड्ने खटैला नालामा पुलका लागि रु एक करोड, वडा नं ८ मा चौकीपुरदेखि वडा कार्यालय जोड्ने बाटो ग्राभेलमा रु एक करोड, वडा नं १० मा बैदीचोकमा कृषिउपज सङ्कलन केन्द्रमा रु १ करोड र वडा नं ११ मा बेलभार गिदरपुर जोड्ने बाटाको भादा खोलामा कल्भर्ट र नमूना गाउँमा सामुदायिक हल निर्माणमा रु एक करोडको योजना पारित गरिएको छ । उक्त योजनाको ४० प्रतिशत संघीय सरकारले बजेट उपलब्ध गराउने छ भने ६० प्रतिशत वडास्तरबाट व्यहोरिनेछ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा वडा नं ६ मा सदाशिव बहुमुखी क्याम्पस भवन निर्माण र खानेपानी व्यवस्थापनमा रु ५० लाख, वडा नं १० मा जनसेवा बहुमुखी क्याम्पस पूर्वाधार निर्माण र खानेपानी व्यवस्थापनमा रु १३ लाख, वडा नं ११ मा विजय प्रावि भवन निर्माणमा रु १० लाख, वडा नं ५ को बारबर्दियामा मरुवा निर्माणमा रु १० लाख, वडा नं २ मा कृषिउपज सङ्कलन तथा ढुवानीका लागि ठूला सवारीसाधन दुई खरीद गर्नका लागि रु ८० लाख, वडा नं ७ मा शहीद उद्यान निर्माणमा रु १० लाख, वडा नं ४ मा जमुना महिला कृषि सहकारी संस्था अधुरो भवन निर्माणमा रु १० लाख र वडा नं ८ मा युवक मावि दुब्धाको भवन निर्माणमा रु १० लाख गरी कूल रु एक करोड ९३ लाख बजेट रहेको छ ।

नगरपालिकाको भवन निर्माण र कार्यालय प्रयोजनका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरिएको छ । नगरसभामा सदस्यले वडा कार्यालयको भवन निर्माण गर्ने र बिग्रेका सडक तत्काल मर्मत गर्नुपर्ने कुरा उठाएका थिए । नगरसभाको अध्यक्षता नगर प्रमुख दुर्गाबहादुर थारुले गरेका थिए भने प्रस्ताव नगरउपप्रमुख अञ्जु दहितले पेश गरेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस