३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार कार्यलाई प्रभावकारी बनाउन अनुरोध : सभामुख महरा

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्राकृतिक विपद्मा परेका बारा र पर्सा लगायतका जिल्लाहरुमा विलम्ब नगरी राहत र उद्धारका कार्यलाई प्रभावकारीरूपमा अघि बढाउन सरकार र सरोकारवाला सबै निकायहरुलाई विशेष अनुरोध गरेका छन् ।

आज एक विज्ञप्ति प्रकशित गरी उनले प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कमी हुन नदिन सरकारसँग विशेष अनुरोधसमेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “आइतबार साँझ आएको हावाहुरी, असिनापानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षतिको खबरले मलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ । अकल्पनीय र दुःखद् प्राकृतिक विपद्का कारण निधन भएकाप्रति म भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विपद्मा परेका पीडितको छिटो उद्धार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी आगामी दिनमा यस्ता दुःखद् घटना हुन नदिन आवश्यक सजकता अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासि आएको त्रासदीपूर्ण आँधीबेहरीबाट कम्तीमा २७ जनाको मृत्यु तथा ६१२ बढी घाइते भएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ ।” अध्यक्ष तिमिल्सिनाले विज्ञप्तिमा अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

साथै आँधीबेहरीका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस