इलाममा भरुवा बन्दुकसहित एक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इलाममा भरुवा बन्दुकसहित एक पक्राउ


प्रशासन संवाददाता

१७ चैत्र २०७५, आइतबार


घुससहित रंगेहात पक्राउ

इलाम । सूर्योदय नगरपालिका–५ शान्तिधाराबाट अवैध रूपमा राखिएका ३ थान भरुवा बन्दुकसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बन्दुकसहित ४३ वर्षीय हर्कबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध रूपमा राखिएका हतियार बुझाउन सरकारले ३५ दिने सूचना जारी गरेको छ ।

सूचना जारी भएपछि प्रहरीले अवैध रूपमा राखिएका हतियारमाथि निगरानी बढाएको छ ।

यही चैत १ गते सूचना जारी गर्दै सरकारले तोकेको म्यादभित्र अवैध हतियार बुझाए यसअघि अवैध हतियार राखेबापत कुनै कारवाही नहुने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस