नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य


प्रशासन संवाददाता

१७ चैत्र २०७५, आइतबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

लगानी सम्मेलन समापनका क्रममा महासंघ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गरे ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा.युवराज खतिवडा, उद्योगमन्त्री मातृकाप्रसाद यादव र लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको उपस्थितिमा सिंह र थूले हस्ताक्षर गरेका हुन् ।

महासंघ अध्यक्ष सिंंहले एशोसिएशनका प्रतिनिधिलाई मायाको चिनो हस्तान्तरण गर्दै नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस