काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओली आज र भोली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।
काठमाडौंबाट विराटनगर अवतरण गरेर प्रधानमन्त्री ओलीले आज सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्ध्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नेछन् ।
यस्तै, अपरान्ह ३ बजे उनले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिसरमा आयोजना हुने प्रदेशन नं १ स्तरीय साहित्यिक/ प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने गर्ने छन् । त्यसपछि नगरपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उनले आजै मदन भण्डारी रंगशाला सम्बन्धी सरोकारवालाहरुसँग छलफल र भेटघाट गर्ने छन् । गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट र छलफल गर्ने गर्ने छन् ।
भोली चैत १८ गते बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन् ।
भोली नै दमकमा निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै दिउँसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गरी भोली प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्किने छन् ।