२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ मा शिक्षामन्त्री विरुद्ध चर्को नाराबाजी, सप्तरीमा जलाइयो शिक्षामन्त्रीको पुत्ला

अ+ अ-

जनकपुर । प्रदेश नं.२ मा शिक्षामन्त्री विरुद्ध चर्को नाराबाजी गरिएको छ । एसइई परीक्षा स्थगितको विषयलाई लिएर परीक्षार्थीले शिक्षमन्त्री गिरिराजमणि पोखरेल विरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

आफूहरुलाई न्याय दिनुपर्ने भन्दै आज विहानै देखि परीक्षार्थीहरुले नारा लगाउँदै बीच सडकमा टायर बालेर जुलुस प्रदर्शन गरेका छन् । परीक्षा स्थगित हुनु आफूहरुको जीवनसँग खेलवाड हुनु हो भन्दै विहानैदेखि सडकखण्डमा समेत चक्काजाम गरेका छन् ।

यस्तै, धनुषामा राज्यमन्त्री योगेन्द्र राय यादवको गाडी तोडफोड गरिएको छ ।

आक्रोशित परीक्षार्थीहरुले सप्तरीको सदरमुकाम राजविराजमा शिक्षामन्त्री विरुद्ध नाराबाजी लगाउँदै उनको पुत्ला समेत जलाएको छ । साथै शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मागसमेत राखेका छन् ।

बारामा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ । झडपमा एक प्रहरी जवान र केही विद्यार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ । बाराको जीतपुरसीमरा उपमहानगरपालिका–७ मा विद्यार्थीहरुले प्रहरीको ना१झ७१२ नम्बरको गाडीमा आगजनी र तोडफोड गरेका छन् ।

परीक्षार्थीहरु एक जनाको गल्तीका कारण सम्पूर्ण प्रदेशकै परीक्षार्थी प्रभावित भएको भन्दै आक्रोशित बनेका हुन्।

लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा स्थगित गरिएको थियो । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि दुवै विषयको परीक्षा रद्द गरिएको थियो । शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्रसमेत एकदिन अगाडिनै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसइई परीक्षा स्थगित गरेको थियो ।

प्रश्नपत्र कहाँबाट आउट भएको बारे अझै पुष्टि भएको छैन भने प्रदेश सरकार र केन्द्र सरकार त्यसको छानबिनमा लागेका छन्।

प्रतिक्रिया दिनुहोस