प्रधानाध्यापक चौहान पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानाध्यापक चौहान पक्राउ


प्रशासन संवाददाता

१५ चैत्र २०७५, शुक्रबार


pakrau

तौलिहवा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा संलग्न रहेको आरोपमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानलाई प्रहरीले आज पक्राउ गरेको छ ।

विप्लव समुह निकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्षसमेत रहेका चौहानलाई निषेधित क्रियाकलापमा संलग्न रहेको आशङ्कामा मायादेवी गाउँपालिका–५ स्थित उनकै घरबाट पक्राउ गरिएको हो ।

चौहानउपर सार्वजनिक हित सुरक्षा नैतिकताविरुद्धको कसुर मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए । यसअघि विप्लव समूहमा आबद्ध तीन जनालाई पक्राउ गरिएको थियो ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस