बैतडीको प्रमुख जिल्ला अधिकारीमा पौडेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैतडीको प्रमुख जिल्ला अधिकारीमा पौडेल


प्रशासन विशेष ब्युरो

१५ चैत्र २०७५, शुक्रबार


बैतडी । सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेको बैतडी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा आनन्द पौडेल सरुवा भई आएका छन् ।

यसअघि रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको सरुवा भएपछि बैतडी जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा पौडेल आएका हुन् ।

पौडेलले बिहीबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा रहेका पौडेल बुधवार बेलुकी बैतडी पुगेका छन् ।

केही वर्ष अघि प्रशासकीय अधिकृतको रूपमा डोटीमा करिब २१ महिना बसेका पौडेल बढुवा पश्चात् काठमाडौँ सरुवा भएका थिए । उनी पहिलो पटक प्रमुख जिल्ला अधिकारी भएर बैतडी आएका हुन् ।

यसअघि बैतडीका प्रमुख जिल्ला अधिकारी रहेका गैरेको इलाका प्रशासन कार्यालय दक्षिणकाली काठमाडौँ सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस