२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाहुनालाई नवनिर्माणको सन्देश : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपाल नवनिर्माणको अवस्थामा रहेको सन्देश दिइने बताएका छन् ।

बनेपा नगरपालिकाको ३८औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा उनले भने, ‘हामी नयाँ ढङ्गले मुलुकलाई समृद्ध बनाउँदैछौँ, लगानी सम्मनेलनमा आउने पाहुनालाई सोही सन्देश दिनेछौँ ।’

मन्त्री बाँस्कोटाले करीब ३०० लगानीकर्ता आउने योजना भए पनि ७०० भन्दा बढी विदेशीले लगानी सम्मेलनमा सहभागिता जनाउनु नै सरकारका लागि उत्साहप्रद रहेको बताए । उनले नेपाल नवनिर्माणको अवस्थामा रहेको मुलुक भएकाले पनि लगानीकर्ताको आकर्षण बढेको दाबी गरे ।

‘विविधताले भरिएको हाम्रो मुलुकमा लगानीकर्ताको आकर्षण बढ्नु स्वाभाविक हो, त्यसैले सहभागिता बढ्दैछ, हामी प्रस्ताव गर्छौँ, उनीहरुले लगानी गर्न चाहेअनुसारको वातावरण सिर्जना गर्नेछौँ’, मन्त्री बाँस्कोटाले भने ।

वर्तमान सरकारको कार्यशैली र समृद्धि यात्राबारे विश्लेषण गरेरै लगानीकर्ता नेपालप्रति उत्साहित भएको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले लगानी सम्मेलनमा काभ्रेपलाञ्चोकमा सुनकोशी–३ जलविद्युत् योजनालगायत ५ योजना प्रस्ताव गरिने बताए ।

‘जिल्लामा जलविद्युत्, अस्पताल तथा कृषिका क्षेत्रमा लगानी गर्न प्रस्ताव गर्दैछौँ’, उनले भने, ‘यी क्षेत्रमा उनीहरुले लगानी गर्ने अपेक्षा गरेका छौँ ।’ उनले जिल्लामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण प्रेस स्थापनार्थ फ्रान्स सरकारसँग प्रारम्भिक सहमतिमा आफैँले हस्ताक्षर गरेको जानकारी दिए।

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा सरकारलाई कमजोर नठान्न आग्रह गरे । ‘नेपालले कुनै प्रकारका हिंसा सहँदैन’, उनले भने, ‘कुण्ठा पालेर केही युवालाई बिगार्ने काम नगर्नुहोला, कम्युनिष्टको पवित्र झण्डालाई सम्मान गर्नुस् ।’ आतङ्कवादलाई पराजित गर्न सरकार सक्षम रहेको उनको दाबी थियो ।

सांसद नविना लामाले नवनिर्माणको अवसरलाई चुनौतीका साथ अगाडि बढाइने बताए । उनले भने, ‘हामी ऐसआराम गर्न सरकारमा गएका हैनौँ, जनताले काम गर्न पठाएका हुन्, हामीले निर्वाचनमा झुठो आश्वासन बाँडेका हैनौँ, सबै वाचा क्रमैसँग पूरा गर्छौं ।’

प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले नगरपालिकाको समृद्धिको यात्रामा सहयोग गर्ने बताए । नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले नगरपालिकाले हालसम्म गरेका कामको जानकारी गराएका थिए ।

सो अवसरमा बनेपा नगरपालिकाका संस्थापक नगरप्रमुख डा सुरेन्द्र वादे श्रेष्ठ, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, नगरका ज्येष्ठ नागरिक, नगरका उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट विद्यार्थीलाई स्म्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस