काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन कुमार थापा अध्ययनका लागि अमेरिका पुगेका छन् ।
‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी’ विषयमा अध्ययन गर्न थापा अमेरिका पुगेका हुन् ।
समंसद थापाको सचिवालयका अनुसार, गत वर्ष नै अध्ययनका लागि छनोट भएका थापा कार्यव्यस्तताका कारण रोकिएका थिए ।
अमेरिका पुगेका थापाले हार्वड विश्वविद्यालयमा अध्ययन थालिसकेको जनाइएको छ ।