डोटी । नेपाल विद्यार्थी संघ डोटीले आफ्ना विद्यार्थी नेता माथि लगाएको मुद्दा फिर्ता गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ ।
यही चैत्र १० गते डोटी जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्त कुमार पौड्याललाई अनियमितताको आरोप लगाउँदै नेविसंघ डोटीका विद्यार्थी नेताहरुले कार्यकक्षमै गई कालो मोसो दलेका थिए ।
नेपाल प्रहरीले घटनामा संलग्न भन्दै नेविसंघका चार जना विद्यार्थी माथि सार्वजनिक मुद्धा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको विषयलाई लिई नेविसंघ डोटीले मुद्दा फिर्ता गर्न माग गरेको हो ।
‘विद्यार्र्थी नेतामाथी लगाईएको मुद्धा तुरुन्त फिर्ता गर्न हामी जोडदार माग गर्दछौं यदी मुद्धा फिर्ता नलिएमा त्यसपछी उत्पन्न हुने परिणामको जिम्मेवारी सरोकारवाला निकाय स्वयम्ले लिनुपर्ने छ ।’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् विज्ञप्ति :