११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जग्गा कित्ताकाटसम्बन्धी निर्देशिका त्रुटिपूर्ण’

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारी आश्वासन उपसमितिको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

समितिका सभापति रामनारायण बिंडारीको अध्यक्षतामा आज बसेको २२ औँ बैठकले आव २०७५/०७६ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममा पेश भएका विषयवस्तुमाथि एक वर्षमा भए/नभएका कार्यबारे जानकारी लिन सम्बन्धित मन्त्री तथा मन्त्रालयका सरोकार पक्षलाई बैठकमा बोलाउने निर्णय गरेको छ ।

दोहोरो अङ्कमा आर्थिक वृद्धि गर्ने, शेयर बजारको कारोवार घट्दै गएकामा सरकारको अवधारणा, गत वर्षको तुलनामा घट्दै गएको वैदेशिक लगानी तथा श्वेतपत्रबारे छलफल गरेको उक्त बैठकले गत वर्षको बजेटमा उल्लेख भएका योजना तथा परियोजनाको अध्ययन गरेको छ ।

समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गत पुस २७ गते जारी गरेको जग्गा कित्ताकाटसम्बन्धी निर्देशिका त्रुटिपूर्ण रहेको ठहर गरेको छ ।

सरकारले दिएका आश्वासन कार्यान्वयन भए/नभएको, ऐन नियम बनाउँदा संविधानअनुसार भए/नभएको सुझाव दिने तथा देशभरका राष्ट्रिय अभिलेख संरक्षण गर्नका लागि अनुगमन गर्ने र सम्बन्धित पक्षलाई समितिले आवश्यक निर्देशन दिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस