काठमाडौँ । नेपालमा ब्याप्को लुब्रिकेन्ट्स आधिकारिक रूपमा बिक्री प्रारम्भ भएको छ ।
एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेताका रूपमा नियुक्त भएको हो ।
बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्री–वितरण गर्न सुरु गरेको छ ।
बहराइन सरकारको स्वामित्व रहेको ब्याप्को उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रूपमा परिचित रहेको बताइएको छ ।
नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलब्ध गराइएको उक्त मोटर्सकी प्रबन्ध निर्देशक लक्ष्मी झाले बताइन् ।
हाल नेपाली बजारमा उपलब्ध अन्य लुब्रिकेन्ट्सका तुलनामा उच्च गुणस्तरीय विशेषताका कारण यो लुब्रिकेन्ट्स छिट्टै लोकप्रिय बन्ने उनको विश्वास छ ।
उनले भनिन्, यसमा भएको विशेष गुणका कारण यो लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पर्फर्मेन्स दिनुको साथै इन्जिनको आयु समेत बढाउँछ ।
नेपाली बजारमा यसको पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल बेसका लुब्रिकेन्ट्स उपलब्ध गराइएको छ ।
ब्याप्कोलाई अटो मोबाइल ब्रान्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्स लगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको छ ।
ब्याप्को लुब्रिकेन्ट्स भर्जिन बेस आयलबाट बनेको र सर्वोत्कृष्ट एडिटिभ्स समिश्रण गरिएको छ जसको प्रयोगले इन्डस्ट्रिको स्पेसिफिकेसन बढाउँछ ।
यसको डिजेल र ग्यासोलिन इन्जिन आयलले एपिआई लाइसेन्स प्राप्त गरेको छ ।
यो ओईएम सप्लाइमा अग्रणी पनि हो । सन् १९३२ सालमा स्थापना भएको यो कम्पनीले सन् १९३६ देखि लुब्रिकेन्ट्स निर्यात थालेको हो ।