५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

अ+ अ-

काठमाडौं । एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् ।

कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ ।

यसअघि २/२ खेल खेलेका नेपाल र अफगानिस्तान दुवै खेलमा पराजय भोग्दै छनोट चरणबाट बाहिरिसकेका छन् । पराजयसँगै नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसीप खेल्ने सपना आगामी दुई वर्षका लागि पछाडि धकेलिएको छ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोलअन्तरले पराजित भएको थियो भने आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भयो । यता अफगानिस्तान कतारसँग २–० को हार बेहोर्‍यो भने दोस्रो खेल ओमनसँग २–१ गोलले पराजित भयो ।

यू–२३ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तान दुवैले अहिलेसम्म छनोट चरण पार गर्न सकेका छैनन् । सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपका लागि छनोट चरणमा विभिन्न ११ समूह छन् । नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा कतार ओमन र अफगानिस्तान छन् ।

समूह ‘ए’ बाट कतार र ओमानबीच आज नै हुने खेलबाट अन्तिम चरणको टुङ्गो लाग्नेछ । जसमा विजेता टोलीले एएफसी यु–२३ च्याम्पियनसपमा सहभागिता जनाउनेछ । त्यस खेलमा पराजित हुने टोलीका लागि पनि उत्कृष्ट उपविजेता भएर अगाडि बढ्ने अवसर हुनेछ ।

दुई खेल खेलेको कतारको ६ अङ्क ६ भने समान खेल खेलेको ओमनको पनि समान ६ अङ्क नै छ । प्रत्येक समूहको विजेता टोली, उपविजेतामध्ये उत्कृष्ट चार टोली र आयोजक थाइल्याण्ड गरी १६ टोलीले फाइनल चरणमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस