लिस्बन । युरोपियन च्याम्पियनसिप छनोट खेलमा क्रिस्टियानो रोनाल्डो घाइते भएका छन्। सोमबार राति भएको खेलमा ३४ वार्षीया रोनाल्डो घाइते भएका हुन् ।
रोनाल्डोले सर्विया विरुद्धको खेलमा ३१ मिनेटमै घाइते भएर मैदान छोडेका थिए । उनी सहकर्मीले दिएको पास लिने क्रममा घाइते हुन पुगेका हुन् । उनको दायाँ खुट्टामा समस्या देखिएको छ ।
उनको स्थानमा अल्फन्सो फ्रर्नान्डेज मैदान प्रवेश गरेका थिए। खेलमा पोर्चुगल र सर्वियाले १–१ गोलको बराबरी खेले।
रोनाल्डो घाइते भएसँगै इटालियन क्लब युभेन्ट्सका फ्यान निराश भएका छन्। डच क्लब अजाक्सविरुद्ध आगामी अप्रिल ११ र १७ तारिकामा हुने युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलका लागि रोनाल्डो फिट हुनेमा शंका गर्दै फ्यान तथा क्लब निराश बनेका हुन् ।
यसअघि रोनाल्डोकै उत्कृष्ट प्रदर्शनमा युभेन्ट्सले एट्लेटिको म्याड्रिडलाई हराएर अन्तिम आठ स्थान पक्का गरेको थियो।