२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रेललिपिका विद्यार्थीलाई परीक्षा दिन समस्या

अ+ अ-

हुम्ला ।  ब्रेललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्र्फुत रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या भएको छ ।

प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसइईमा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा उनीहरुलाई समस्या परेको हो । त्यो व्यवस्था नहुँदा उनीहरुलाई सहयोगीको भरमा परीक्षा दिनुपर्ने वाध्यता रहेको छ ।

जिल्लाको मानसरवर मावि परीक्षा केन्द्रबाट ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका दुई जना न्यून दृष्टियुक्त परीक्षार्थीले परीक्षा दिइरहेको केन्द्राध्यक्ष अमबहादुर शाहीले बताए । लामो समयदेखि ब्रेललिपि माध्यमबाटै अध्ययन गराउँदै आएका हिमाली शिक्षा र विकास ‘हेड नेपाल’ नामक संस्थाका कार्यकारी निर्देशक छिटुप लामाले अहिलेसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका आठ न्यून दृष्टियुक्त विद्यार्थीले एसइई परीक्षा दिएका छन्, ती सबै अर्काको भरमा परीक्षामा पास हुनुपरेको बताए ।

ब्रेललिपिबाट अध्ययन गरेका विद्यार्थीले परीक्षा दिँदा परीक्षा दिने अर्का सहयोगी राख्दा आफूले अध्ययन गरेकोजस्ता महसुस नभएको र राम्रो अङ्कसमेत ल्याउन नसकिएको विद्यार्थीको गुनासो छ । हरेक वर्ष हेड नेपालले न्यून दृष्टियुक्त र सुस्त बालबालिकालाई एसइई परीक्षा दिँदै आएकाले अहिलेसम्म ब्रेललिपि र कम्युटरबाट परीक्षा दिने सरकारले व्यवस्था नगरेकोे निर्देशक लामाले बताए ।

अपाङ्गता भएका व्यक्तिले पनि शिक्षा लिबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अपाङ्गता भएका व्यक्ति सामाहित शिक्षाको शुरुआत भएको हेड नेपालका कार्यक्रम परियोजना अधिकृत निर्मल विष्टले बताए ।

कर्णाली प्रदेशमै कम परीक्षा दिने विद्यार्थीको सङ्ख्याको तथ्याङ्क सार्वजनिक भइरहेका बेला हुम्ला जिल्लामा भने जिल्लाकै गत वर्षभन्दा यस वर्षमा परीक्षा दिनेको सङ्ख्या बढेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ समितिका प्रमुख बर्ख फडेराले बताए । हुम्लामा छ वटा परीक्षा केन्द्रबाट ९८८ परीक्षार्थीमध्ये ९५३ परीक्षार्थीले परीक्षा दिएका छन् । जसमा चार जना न्यू दृष्टियुक्त विद्यार्थी छन् ।

सदरमुकाम सिमकोटमै रहेको बालमन्दिर माविमा अध्ययन गरेकी रिता बुमी र प्यारीलाल ऐडीले मानसरोवर मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । ब्रेललिपि माध्यमबाट अध्ययन गरेका एसइई दिने परीक्षामा सामान्य विद्यार्थीसँग बसेर परीक्षा दिन धेरै समस्या भएको रिता बुमीले बताए ।

बे्रललिपि र कम्युटरका माध्यमबाट परीक्षा दिने व्यवस्था सरकारले नगरेकै कारणले परीक्षा दिने विद्यार्थी अर्काको भरमा पास हुनुपरेको बताए । सरकारले अहिलेसम्म ब्रेललिपिबाट अध्ययन गरेका विद्यार्थीलाई परीक्षा ब्रेललिपि र कम्प्युटरका माध्यमबाट सञ्चालन नहुँदा समस्या भोग्नुपरेको छ । यो समस्या हुम्लामा नभई नेपालभरि नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस