मुस्लिम आयोगका अध्यक्ष अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुस्लिम आयोगका अध्यक्ष अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७५, आइतबार


सर्वोच्च अदालत

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्षमा नियुक्त समिम मियाँ अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

३ दिन अघि नियुक्त भएका अन्सारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्न नहुने भन्दै कपिलवस्तुका अब्दुल सलामले आइतबार सर्वोच्चमा रिट हालेका हुन् ।

अन्सारीविरूद्ध नक्कली नागरिकता, नक्कली शैक्षिक प्रमाणपत्र लगायतका चारवटा उजुरी परे पनि संसदीय सुनुवाइ समितिले तिनको निरूपण नगरी उनलाई स्वतः नियुक्त हुने बाटो खोलेको सलामले रिटमा उल्लेख गरेका छन्।

संवैधानिक परिषद्को सिफारिसमा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस