विप्लव समूहलाई सहयोग गर्नेलाई कारबाही हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विप्लव समूहलाई सहयोग गर्नेलाई कारबाही हुने


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७५, आइतबार


काठमाडौँ । सरकारले नेकपा विप्लव समूहलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरूलाई कारबाही गर्ने जनाएको छ ।

जबरजस्ती आर्थिक सहयोग मागे तथा धम्की दिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्दै प्रतिबन्धित समूहलाई आर्थिक तथा अन्य सहयोग गरेको पाइएमा त्यस्तो सहयोग दिने र लिने वा अन्य कुनै किसिमको सहयोग गर्नेसमेतलाई कारबाही हुने जनाएको हो ।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानुनअनुसार कारबाही हुने प्रस्ट पारेको छ ।

‘यस्ता समूहहरूलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ’ मन्त्रालयले भनेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस