२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोदोको उत्पादन घट्यो

अ+ अ-

जाजरकोट । आयातित खाद्यान्नमा परपर्दै जान थालेपछि जिल्लामा कोदो खेती लोप हुने स्थितिमा पुगेको छ । प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले वनमाराले ढाकिएका छन् ।

कृषि योग्य जमीनमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजो आज खेती गर्न छाडेकाले जिल्लामा कोदो उत्पादन कम हुँदै गएको हो । कोदो फल्ने ठाउँ बाँझो हुँदा अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको छ । घरायसी प्रायोजनका लागि मात्र केहीले फाटफुट कोदो खेती गरेको पाइन्छ ।

कृषकले पहिलेजस्तो बिक्रीका लागि कोदो खेती गर्न छाड्दै गएका छन् । एक दशक पहिले जुनिचाँदे गाउँपालिका–५ लुहादहका कृषक भगवान् खड्काले आफ्ना सबै बारीमा कोदो लगाउने गर्थे। कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो तर हिजो आज उनले यसको उत्पादन घटाउँदै लगेका छन् ।

‘कोदो खेतीमै निर्भर भएर प्राय सबै कृषकले खेती गर्न छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन र तरकारीलगायत नगदेबाली र फलफूल खेतीतर्फ कृषक आकर्षित हुन थालेका छन्’, उनले भने ।

लुहादहलगायत गाउँका धेरै कृषकले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । परम्परागत रूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक २ दर्जनभन्दा बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो ।

औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो । कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि यसको आकर्षण भने घट्दै गएको छ । बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमीन बाँझै छन् ।

थोरै लगानीमा उत्पादन बढी हुने भए पनि कोदोलाई पछिल्लो समयमा खाद्यान्नको रूपमा कम प्रयोग हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको नलगाड नगरपालिकाका किसान हरिबहादुर खत्रीले बताए ।

आफूले पहिले दश मुरीसम्म कोदो उत्पादन गरेकामा अहिले लगाउनै छाडेको जानकारी दिँदै उनले भने, ‘धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरीद गर्न व्यापारी आउँथे, २ चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमीन वनमाराले भरिन थालेको छ।’

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा छ्यासम्यास बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर हिजोआज खाद्यान्नको रूपमा भन्दा पनि मदिरा बनाउनका लागि मात्र कोदो प्रयोग गरिएका कारण बीउ नै हराउने अवस्थामा पुगेको सम्बद्ध कृषकहरूले बताए ।

गाउँघरमा हेपिएको खाद्यान्नको रूपमा लिइने कोदो अहिले शहर बजारतिर भने खोजीखोजी खान थालिएको छ । सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँलगायत अन्न भित्रिन थालेपछि कोदो, फापर, जौजस्ता पोषिलो स्थानीय अन्नप्रति आकर्षण घट्दै गएको हो ।

कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको जिल्ला कृषि ज्ञान केन्द्रका जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताए । जिल्लाको बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकालाई कोदोको पकेट क्षेत्रका रुपमा लिइएपनि अहिले त्यहाँ उत्पादन कम हुने गरेको छ ।

जिल्लामा ३५ हजार ३२६ हेक्टर क्षेत्रफल कृषि योग्य क्षेत्रफल रहेकामा २ हजार ५२५ हेक्टर जमीनमा कोदो खेती गरिने र त्यसबाट चार हजार ५२२ मेट्रिक टन कोदो उत्पादन हुने गर्दछ । उक्त केन्द्रकाअनुसार जिल्लामा उत्पादित खाद्यान्न मागभन्दा चार हजार १५३ मेट्रिक टनले कमी हुँदै आएको छ ।