३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियामा चीनको आर्थिक ‘उपनिवेश’ छैन : प्रधानमन्त्री हुन सेन

अ+ अ-

नोमपेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रबार शिलान्यास गरेका छन् ।

उनले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताए ।

आगामी सन् २०२३ सम्ममा पूरा भइसक्ने करिब २०० किलोमिटरको उक्त राजमार्गले राजधानी नोमपेन्हदेखि सिहानुकभिललाई जोड्नेछ । पछिल्ला वर्षहरुमा सिहानुकभिल चिनियाँ लगानीकर्ताका लागि आकर्षक स्थल मानिन्छ ।

चिनियाँ बेल्ट एन्ड रोड परियोजनाकै एक अंशका रुपमा रहेको यो राजमार्ग चिनियाँ एक कम्पनीले निर्माण गर्दैछ ।

राजमार्ग शिलान्यासका अवसरमा बोल्दै प्रधानमन्त्री हुन सेनले भने, ‘आजको परिवर्तित विश्वमा कुनै पनि मुलुक उपनिवेश हुने सम्भावना छैन, र कम्बोडिया पनि चीनको उपनिवेश होला भन्ने कल्पना पनि गर्न सकिन्न ।’

कार्यक्रममा सहभागी चीनका उप विदेश मन्त्री कोङ छुवानयूले पनि कम्बोडियामाथि चीनको प्रभूत्व रहेको कुरा अस्वीकार गरे । ‘केही कुत्सित विचारका समूहले सेतोलाई कालो बनाउन चाहेका छन्, र चीनको लगानीलाई पासोका रुपमा व्याख्या गर्ने प्रयत्न मात्र गरिरहेका छन् ।’

उनले भने, ‘यथार्थमा चिनिया लगानी कुनै गलपासो होइन, यो कुनै खतरा पनि होइन, बरु कम्बोडियाको विकासका लागि एउटा सानो सहयोग हो ।’

बेइजिङ सरकारले कम्बोडिया सरकारलाई अनुदान र ऋण प्रदान गरिरहेको छ । प्रधानमन्त्री हुन सेनले चीनबाट प्राप्त सर्तरहीत आर्थिक अनुदान तथा ऋणलाई खुलेआम प्रशंसा गरेका छन् । । उनले अमेरिकी र युरोपेली युनियनबाट प्राप्त हुने सहयोगमा अनेक सर्तहरु हुने भन्दै आलोचना गरे ।

कम्बोडियाको सबैभन्दा ठूलो लगानीकर्ता चीनले अर्बौं युआन लगानी गरेको छ । प्रधानमन्त्री हुन सेनले कम्बोडियामा एउटा नौसैनिक अखडा बनाउन लागेको हल्ला सत्य नभएको पनि बताए । विवादित दक्षिण चीन सागरसम्म युद्धपोतहरु परिचालन गर्न कम्बोडियाको मार्ग सहज हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस