११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनदिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न

अ+ अ-

काठमाडौँ । नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना, योग र आयुर्वेदलाई प्रवर्द्धनलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीनदिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न भयो ।

भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास र विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा मङ्गलबारदेखि सङ्गोष्ठी शुरु भएको थियो । सङ्गोष्ठीमा २ देशका गरी ५०० भन्दा बढी संस्कृतका विद्वान्को सहभागिता रहेको थियो ।

संस्कृतको सम्बर्द्धनका लागि दुबै देशका सरकारसँग अनुरोध गर्ने निष्कर्ष पनि सङ्गोष्ठीले निकालेको छ । प्रत्येक वर्ष पालैपालो सम्मेलन आयोजना गरी संस्कृतमा भए गरेका कामको विश्लेषण गरिने जनाइएको छ ।

दुबै देशमा संस्कृतमा प्रकाशन भएका पुस्तक आदानप्रदान, प्राध्यापक एवं विद्यार्थीको आदानप्रदान, संयुक्त रुपमा अनुसन्धान एवं गोष्ठी, संयुक्त कार्यदलको गठनलगायत काम गरिने जनाइएको छ । ज्योतिष, ब्याकरणलगायत संस्कृतका शास्त्रीय विषयको प्रवर्द्धनमा सहकार्य गर्ने अवधारणा पनि सङ्गोष्ठीले अघि सारेको छ ।

कार्यक्रम समापन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले संस्कृतको उन्नयनका लागि ब्राह्मणले रहनसहनलगायत आचरणमा बस्नुपर्ने बताए । ‘ब्राह्मण निष्ठामा भए मात्र तीनको अधिनमा मन्त्र हुन्छ, यसैले ब्राह्मण आचरणमा बस्नुपर्छ, अनिमात्र संस्कृतको उन्नयन हुनसक्छ’–उनले भने ।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा.वेणीमाधव ढकालले भारत वर्षमा नेपाली वा हिन्दी माध्यममा संस्कृतको अध्यापन गरिँदा स्नातकोत्तर (आचार्य) गरेका विद्यार्थीलाई पनि संस्कृतमै बोल्ने अभ्यास नहुने गरेकाले माध्यम परिवर्तन गरिनुपर्ने बताए ।

कार्यक्रममा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका पूर्वकुलपति प्राडा.अविराज राजेन्द्र मिश्र, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेल, ज्ञानपीठ पुरस्कारबाट सम्मानित व्यक्तित्व डा.सत्यव्रत शास्त्री, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राडा. काशीनाथ न्यौपाने, वाल्मीकि विद्यापीठका प्राचार्य डा.गणेशप्रसाद घिमिरे, विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रा डा.केदारनाथ शर्मालगायतले भारत वर्षमा संस्कृतको उन्नयनका लागि सङ्गोष्ठीले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस