२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुसीको रङ्ग दल्न तब मजा आउँछ जब अर्थतन्त्र बलियो हुन्छ !

अ+ अ-

आज गाउँ होस् या सहर, टोलटोलमा होलीको रौनक छ। होलीमा रङ्ग, पिच्करी, बेलुन आदि करोडौँको सामान भारतबाट आयात गरिन्छ । त्यसै गरी तिहारमा पनि रङ, फुल, मिठाई आदि, दसैँमा खसी, च्याङ्ग्रा, लत्ताकपडा आदि, तिजमा सारी, गर-गहना आदि, जनैपुर्णिामामा जनै, रक्षबन्धन आदि अरबौको सामान छिमेकी मुलुक भारत र चीनबाट आयात गरिन्छ । त्यतीमात्र होइन चाडपर्व बाहेकको समयमा तरकारी, खाद्यान्न, विद्युतीय उपकरण, निर्माण सामाग्री लगायतका सामान आयातमा अरबौँ रुपैयाँ बाहिरी रहेको छ जसले गर्दा नेपालको व्यापार घाटा बढ्न गई प्रत्येक नेपालीको भागमा बर्सेनि हजारौँ रुपैयाँ ऋण थोपरिँदै गइरहेको छ ।

स्वदेशी तरकारी फर्ममा डोजर लगाउनुपर्ने, नुनदेखि सुनसम्म विदेशबाटै आयात गरी प्रयोग गर्नुपर्ने, युवाहरूलाई मलेसिया र खाडीमा पठाउनुपर्ने अनि अर्थतन्त्र कमजोर भयो भनेर विदेशीको गुलाम परेर ऋण माग्नुपर्ने, हाम्रोमा आएर लगानी गर्देओ न भन्नुपर्ने, कस्तो विडम्बना ! यस्तो पाराले नेपाल छिटै सम्वृध्द बन्छ जस्तो लाग्दैन, नीति निर्माण र कार्यान्वयन तहमा बस्नेहरूले अलि गम्भीर भैदिनुपर्यो ! स्वदेशी सामान र उत्पादनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ , विदेशी सामान र उत्पादन(जनशक्ति सहित)को आयातलाई कसरी निरुत्साहित गर्न सकिन्छ त्यसतर्फ ध्यान जानुपर्‍यो, खाली कर लगाउनु मात्रै अर्थतन्त्र बलियो पार्ने औजार हो भन्नेतिर केन्द्रित हुनुभएन !

बस्ती बसाइनुपर्ने डाडापाखाका गाउँ रित्तिएर जग्गा बाँझै छ समतल खेतीयोग्य जमिन भने बित्ता बित्ता नापेर प्लटिङ भइरहेको छ । विदेशीहरूले सस्तोमा नेपाली कामदार आफ्नोमा लगिरहेका छन् हाम्रोमा महँगा विदेशी कामदार ल्याएर विकास निर्माण र औद्योगिक क्षेत्रमा लगाइएको छ । बजारमा सस्तो गुणस्तरहीन विदेशी सामानले महँगो गुणस्तरीय नेपाली सामान विस्थापित गरिरहेको छ र नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैन ।

कमसेकम सरकारी कार्यालय, विद्यालयमा नेपाली कागज र मसी मात्रै प्रयोग गर्न सकियो भने, सेना, प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थीको लागी पोसाक नेपालमै बनेको प्रयोग गर्न मात्रै सकियो भने, अनि तरकारी, खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान सबै नेपालमा उत्पादन हुने वातावरण बनाएर प्रयोग गर्न सकियो भने पनि बर्सेनि अरबौँ रुपैयाँ विदेशीनबाट जोगिन्थ्यो । अनि पो व्यापार घाटा कम हुन गई अर्थतन्त्र नि बलियो हुन्थ्यो । अर्थतन्त्र बलियो बनाउनेतर्फ ध्यानै नदिई कसरी समृद्धि आउने हो कुन्नि !

खुसीको रङ्ग दल्न तब मजा आउँछ जब अर्थतन्त्र बलियो हुन्छ ! सम्पूर्णमा होलीको शुभकामना !!

प्रतिक्रिया दिनुहोस