होलीमा इच्छा विपरीत रंग दले सार्वजनिक मुद्दा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

होलीमा इच्छा विपरीत रंग दले सार्वजनिक मुद्दा


प्रशासन संवाददाता

५ चैत्र २०७५, मंगलबार


काठमाडौं । बुधबार मनाइने होली पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ । काठमाण्डु प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने बताए ।

लामाले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

होलीको दिन काठमाण्डुमा मात्रै १७ सय ११ जना प्रहरी अधिकारी फिल्डमा खटिँदैछन् । उनका अनुसार होलीलाई लक्षित गरेर उपत्यकामा चेकपोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाण्डुका अनुसार हालसम्म यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस