२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपतिद्वारा उद्घाटन

अ+ अ-

काठमाडौं । युरोपेली संघको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ ।

लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गरे ।

त्यस अवसरमा नेपालको भ्रमणमा रहेकी युरोपेली संघको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले इयू र नेपालबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन इयू प्रतिबद्ध रहेको बताइन् ।

‘सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने सरकारको लक्ष्य हासिल गर्न इयूले सक्दो सहयोग गर्नेछ, नेपाल सरकारका विकासमा प्राथमिकतामा सघाउन हामी तत्पर छौँ’, समावेशी आर्थिक विकास पनि नेपालका निम्ति उत्तिकै अपरिहार्य भएको बताउँदै उनले भनिन् ।

नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले सामाजिक–आर्थिक रुपान्तरणको दिशामा अग्रसर भएको नेपाललाई व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका माध्यमबाट सघाउन सकिने प्रशस्त सम्भावना रहेको बताइन् ।

उद्घाटन समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी तथा नेपाल सरकारका वरिष्ठ अधिकारीको उपस्थिति थियो । यसैबीच, नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग बेलाबेग्लै भेटवार्ता गरेका थिए ।

पछिल्ला समयमा युरोपेली संघले नेपालको ग्रामीण विकास, शिक्षा, सुशासन प्रवर्द्धन तथा पुनः निर्माणका निम्ति आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस