३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

अ+ अ-

सिमफरोपोल, क्रिमिया । युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुगेका छन् ।

क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले निन्दा गरेपनि अधिकांश रुसीले उक्त कदमको स्वागत गरेका छन् । रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो ।

क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृहको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्रेमलिनले जनाएको छ ।

रुसले इतिहासमा भएको एक गम्भीर भुल सच्याएको जनाउँदै क्रिमियालाई रुसमा गाभेको थियो । सोभियत नेता निकिता ख्रुस्चेभले सन् १९५४ मा क्रिमियालाई युक्रेन मातहत राखेका थिए ।

रुसले क्रिमियालाई पुनः फिर्ता लिएको भन्दै राष्ट्रपति पुटिनको लोकप्रियता बढेको थियो ।

तर युक्रेन र पश्चिमा मुलुकले रुसको उक्त कदमको आलोचना गरेका छन् ।

रुसले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा अघोषित रुपमा त्यहाँका विद्रोहीलाई आर्थिक, नैतिक, राजनीतिक र अरु सम्पूर्ण सहयोग गरिरहेको छ । रुसका पछिल्ला कदमका बिरुद्धमा धेरैवटा आर्थिक प्रतिबन्ध लागेका छन् ।

रुसमा मार्च १८ लाई क्रिमियाको पुनः एकीकरण दिवस भन्दै भव्य कार्यक्रम आयोजना गरिँदैछ । मस्कोमा करिब १० हजारको जुलुस निकाल्ने तयारी हुँदैछ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस